लुम्बिनी

टिप्परको ठक्करबाट मृत्यु

इकागज |
फागुन ८, २०७७ शनिवार ८:१५ बजे

फाइल तस्‍वीर

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–५ स्थित शाहीपुरमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रबार राति करिब ८ बजेतिर भे १ क १४८८ नम्बरको टिप्परले भे १० प २६४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवराज बुढाथोकीको ज्यान गएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ निवासी नवराज बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बुढाथोकी चारबाहिनी नेपालगन्जमा नेपाली सेनामा कार्यरत थिए ।
 



Author

थप समाचार
x