लुम्बिनी

मोफसलमा पनि सेनाको व्यापार : बुटवलमा खुल्यो सपिङ मल

कुनै व्यापार होइन, आन्तरिक परियोजनको लागि हो : जंगी अड्डा

बिक्रम खड्का |
फागुन २१, २०७७ शुक्रबार ८:३६ बजे

बुटवल : नेपाली सेनाले यसक्षेत्रमा पनि व्यापार व्यवसाय अघि बढाएको छ । सुरक्षाका लागि तैनाह हुने नेपाली सेनाले पेट्रोल पम्प, सपिङ सेन्टर तथा व्यावसायीक भवनहरू निमार्ण गरी व्यापारिक कार्य अघि बढाएको छ । यस बुटवलको औधोगिक क्षेत्रमा पेट्रोल पम्प संचालन गरेको सेनाले बुटवलको योगिकुटीमा सुपथ मूल्य क्याण्टिन सञ्‍चालनमा ल्याएको छ ।

देशको सुरक्षाका लागि व्यारेकमा बस्‍ने नेपाली सेना विस्तारै व्यापारिक कारोवारमा अघि बढेको देखिएको छ । उक्त क्याण्टिनको मध्य पश्चिम पृतनाका महा सेनानी मछिन्द्र थापाले उद्घाटन गरे । सैनिक कल्याणकारी कोषद्धारा क्याण्टिन सञ्चालनमा ल्याइएको हो । क्याण्टिनमा खाद्य पदार्थ, तेलहन, तयारी खाद्य परिकार, पेय पदार्थ आदि राखिएको छ ।


सुपर मार्केटहरूमा जस्तै मानिसहरूलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरू क्याण्टिनमा पाइन्छ । खाद्य, पेय पदार्थ, लत्ता कपडा र घरेलु उत्पादनहरू अन्य बजारमा भन्दा सस्तोमा पाइने मध्य पश्चिम पृतना कार्यालयले जनाएको छ । नाफाभन्दा सेवाको भावले सुपर मार्केट सञ्चालनमा ल्याएको कार्यालयको दाबी छ । बहालवाला, भूपु तथा सेनाका आश्रित परिवार र आम नागरिकलाई लक्षित गरी क्याण्टिन सञ्चालनमा ल्याएको जनाएको छ ।

सामान खरिद बिक्रीमा मध्य पश्चिम पृतनाका जवानहरू खटिने छन् । नेपाल आर्मीको योगुकुटीमा रहेको करिब दुई कठ्ठा जमिनमा सुपथ मूल्य क्याण्टिन सञ्चालन भएको हो ।   यसअघि सेनाले बुटवलको व्यापारिक केन्द्र अमरपथमा विशाल सपिङ मल निर्माण गरेको छ । खासगरी भाडा प्रयोजनका लागि भनेर बनाइएको उक्त मल आन्तरिक कारण देखाउदै अझै सञ्‍चालनमा भने आएको छैन । स्थानीय सरकारसँग नक्सा पासका सम्वन्धमा विवाद भएपछि निर्माण सम्पन्‍न भएर पनि लामो समयदेखि उक्त भवन संचालनमा नआएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले उक्त क्यान्टिन आन्तरिक प्रयोजनको लागि रहेको बताए । 'नेपाली सेनाले आफ्ना सकलदर्जा र परिवारकालागि उपयाेगी हुने गरी यस्तो कार्य गरिरहेको छ । मुख्यालयमा पनि यस्तो क्यान्टिन रहेको छ । याे कुनै व्यापारिक परियोजनको लागि होइन्।' 

टक्सार घरमा रुपमा रहेको उक्त स्थानको सुरक्षा वर्षौदेखि नेपाली सेनाले गर्दै आएको थियो । सुरक्षार्थ खटिएको सेनाले विस्तारै उक्त स्थानमा आफै सपिङ कम्‍प्‍लेक्‍स नै निर्माण गरेपछि नागरिक स्तरवाट आलोचना भएको थियो । बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुवेदीले सेनाले घर बनाएको कुरा आए पनि आफूहरूसँगै कुनै समन्वय भने नभएको बताएका छन् । बुटवलमा नेपाल प्रहरीले पनि सपिङ मल निर्माण गरेर भाडामा लगाउदै आएको छ । बुटवलको राजमार्ग चौरहवामा  प्रहरीको स्वामित्वको सपिङ कम्‍प्‍लेक्‍स रहेको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x