लुम्बिनी

नरैनापुरमा २२ घर जलेर नष्ट

नमस्कार शाह |
फागुन २५, २०७७ मंगलबार ६:५५ बजे

सांकेतिक तस्बिर

बाँके : बाँकेको नरैनापुर गाउँपालिका-१ स्थित सुईयामा आगलागी भएको छ । स्थानीय मनिजर पासीको घरबाट सुरु भएको आगोले २२ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । दमकल, स्थानीय र प्रहरीको प्रयासमा आगो नियन्त्रण आएको बाँके प्रहरीले जनाएको छ ।

सोमबार विहान साढे ११ बजे तिर लागेको आगो नियन्त्रणको लामो प्रयास पछि दिउसो मात्र नियन्त्रणमा आएको हो । आगलागीबाट कुनै मानविय र पशुचौपायामा क्षती नभएपनि घर र घरभित्र रहेका सम्पुर्ण लक्ता कपडा लगायतका सामान जलेर नष्ट भएका छन । आगलागीबाट २२ घरपरिवारका ९४ जना पूर्ण प्रभावित भएका छन् भने ४ वटा गोठ जलेर खारानी भएका छन् । आगलागीबाट २७ लाख ४० हजारको क्षति भएको अनुमान गरिएको छ ।


आगालागी भएकै दिन प्रभावित परिवारलाई राहत बितरण गरिएको छ ।  नगद र गैरखाद्य राहत सामग्राी ६ घण्टा भित्र घटना स्थलमानै पुगी वितरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एबं बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँगको नेतृत्वमा घटनास्थल पुगेको राहत वितरण टोलीले प्रति परिवार रु. १५ हजारका दरले २२ घरपरिवारलाई नगद प्रदान गरिएको थियो ।


Author

थप समाचार
x