लुम्बिनी

बाघको आक्रमणबाट मृत्यु

इकागज |
फागुन २७, २०७७ बिहीबार ६:२७ बजे

बर्दिया : बर्दियाको मधुवन नगरपालिका-३ सम्झना सामुदायिक वनमा बुधबार पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । 

मधुवन-३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताए । नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उनले जनकारी दिए ।



Author

थप समाचार
x