अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग
फाइल फोटो
पोखरा - गण्डकी प्रदेशभित्र रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्न अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले माग गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र दिएर उनीहरूले सबै कर्मचारीलाई नियमअनुसार स्थायीको माग गरेका हुन् । उनीहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
उपदान, औषधी उपचार, महंगी भत्ता, वृद्धि विकासका कार्यक्रम, रोजगारीको निरन्तरतालगायत सुविधा उपलब्ध गराउन माग गरिएको संघका अध्यक्ष हरि पौडेलले जानकारी दिए । ‘ज्यालादारी, करार कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा सुविधाबाटै वञ्चित गरियो । उनीहरूको मानसिक र शारीरिक तनाव बढी भयो,’ उनले भने, ‘त्यस्ता तानाशाही प्रवृत्ति नदेखाउन आग्रह गरेका हौं ।’
२०७० माघमा सर्वोच्च अदालतले अस्थायी, ज्यालादारी र करार कर्मचारीलाई लामो समय स्थायी नगर्ने परिपाटी बन्द गर्न आदेश दिएको थियो । सरकारले ट्रेड युनियनसँग पनि यस्तै सहमति गरेको थियो ।
ज्ञापन पत्रमा सरकारी कार्यालयहरूमा कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई विना सर्त योग्यता अनुसारको स्थायी गर्न माग गरिएको छ । संघले यसअघि अर्थमन्त्री र प्रमुख सचिवलाई पनि ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया