लुम्बिनी प्रदेशले बनायो राजधानीको गुरुयोजना
बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजना तयार पारेको छ । प्रदेशको राजधानी तोकिएको क्षेत्र दाङको राप्ती गाउँपालिका, गढुवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगाको भूगोलमा पर्दछ ।
भर्जिन ल्याण्ड भनिएको सो क्षेत्रमा प्रशासनिक क्षेत्रदेखि नीजि क्षेत्रलाई समेत समेटिएको छ । २०७८ साल मंसिर १६ गते भएको मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा गुरुयोजना निर्माण समिति बनाएको थियो । समितिले विज्ञहरु समेत समावेश गरी जग्गा अधिकरणको कार्यविधिलाई समेत पूर्णता दिइएको हो । संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगाहामा तत्कालै भौतिक संरचना निर्माणको काम शुरु गर्ने तयारी छ ।
स्थायी राजधानी तोकिए पनि पुर्वाधार अभावका कारण बुटवलबाट प्रदेश राजधानीको काम भइरहेको छ । राजधानी निमार्णको गुरुयोजना तयार भएसंगै अब पूर्वाधार निर्माणलाई तीव्रता दिन मुख्यमन्त्री कुलप्रसाद केसीले सरोकारवालालाई निर्देशन दिईसकेको बताए ।
सयौं वर्षपछि सम्मका लागि पनि राजधानी व्यवस्थित बनोस भन्नका लागि गहिरो अध्ययन र गुरुयोजना बनाएर काम अघि बढाईएको मुख्यमन्त्री केसीको भनाई रहेको छ । तयार भएको गुरुयोजना मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यन्वयन प्रक्रियामा अघि बढाईने सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया