लुम्बिनी

भ्यू टावर उद्घाटन गर्दै ओलीले भने- यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

इकागज |
चैत १५, २०७८ मंगलबार १२:५९ बजे

तस्बिर सौजन्य : राजन काफ्‍ले

बुटवल- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे ।  यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ ।  


टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यू टावरबाट नगरवासीले अत्यधिक लाभ लिनपर्ने बताए । उनको दाबी थियो, 'भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।' उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेको बताए । उनले भने, 'यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।'  

यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ छ । 'अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यू टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यू टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो' ओलीले भने । 


Author

थप समाचार
x