लुम्बिनी

रुपन्देहीमा गठबन्धन दल सक्रिय, सिट बाँडफाँडको तयारी

इकागज |
चैत २२, २०७८ मंगलबार १४:१५ बजे

बुटवल – रुपन्देहीमा स्थानीयतहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने उद्घोष गरेर सत्तारुढ पाँच दलले जिल्लाका १६ बटै स्थानीयतहमा संयन्त्रण निर्माण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय गरेका छन् । 

सबै दलको सह अस्थित्व स्वीकार गर्दै सम्मानजनकरुपमा गठबन्धन गर्ने निर्णय समेत पाँचदलले गरेका छन् । नेपाली काग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले यस्तो निर्णय गरेका हुुन्।


सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।

संयन्त्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्लास्तरमा निर्णय भएको छ । गठबन्धनले विस्तृत अध्ययन र अनुुसन्धान गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएको छ । 

नेपाली काग्रेस रुपन्देहीका सभापति खाणका सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा समावादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य मकसुुदअली, सोनिया यादव, जनता समाजवादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रमाअवतार यादव, नेकपा माओवादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा समाजवादीका जिल्लाअध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले लगायतको सहभागिता रहेको थियो । 
 


Author

थप समाचार
x