महन्थ ठाकुर बिरामी भएपछि भैरहवाबाट हेलिकप्टरमा काठमाडौं लगियो
बुटवल - स्वास्थ्यमा खराबी देखिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्पताल भर्ना भएका छन् । लुम्बिनी प्रदेश स्तरिय सभालाई सम्बोधन गर्न भैरहवा आएका ठाकुर गए राती देखि बिरामी परेका थिए ।
स्वास्थ्यमा सुधार नआएपछि बिहान नौ बजे भैरहवाको भीम अस्पतालको आइसियु कक्षामा उनको भर्ना गरिएको थियो । रिपोर्टमा निमोनिया, मुटुमा समस्या, उच्च ज्वरो र अक्सिजनको कमी देखिएको अस्पताल प्रशासनले जनाएको छ । त्यसपछि थप उपचारकालागि उनलाई काठमाडौँ रिफर गरिएको छ । हेलिकप्टर मार्फत उनलाई काठमाडौंको मेडिसिटि लगिएको छ ।
गत हप्ता पनि उनलाई पिसाबमा खराबी देखिएको थियो । ८५ वर्षिया ठाकुर एक हप्ता देखि निरन्तर निर्वाचन लक्षित आमसभाहरुलाई सम्बोधन गर्दै चुनावी अभियानमा दौडिरहेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया