लुम्बिनी

बाँकेका सात विद्यालयमा ‘हेण्ड वास स्टेशन’

इकागज |
चैत ९, २०७७ सोमबार १२:१५ बजे

नेपालगञ्ज : गेरुवा ग्रामिण जागरण संघ बाँकेले नेपालगञ्जका ७ वटा विद्यालयमा हेण्ड वास स्टेशन निर्माण गरेको छ । संघले बाँकेमा सञ्चालित शहरी सरसफाई तथा स्वच्छता प्रवर्द्धन परियोजना अन्र्तगत स्टेशन निर्माण गरेको जनाएको छ ।   

नेपालगञ्जका नारायण मा.बि., महेन्द्र माबि, जगतज्योती मा.बि., महाराजा माबि, कारकाँदो माबि र सल्यानीबाग माबिमास्टेशन निर्माण गरिएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले जनाएका छन् । 


१२ वटा धाराबाट एकै पटक खानेपानीका लागि प्रयोग गर्न सकिने सो स्टेशनमा मोटर, जिआई पाईप, ट्याँकी जडान गरिएको छ । एउटा स्टेशन निर्माणका लागि ७५ देखि ८० हजार सम्म खर्च लागेकोे संस्थाका अध्यक्ष कृष्णजँग शाहले बताए । 

शाहकाअनुसार परियोजनाअन्र्तगत नेपालगञ्जका ५ वटा वडाका बिभिन्न समुदायहरूमा समुदायमा धारा निर्माणमा सहयोग गरिएको छ । वडानम्बर २२ को किंगरियनपुरमा नयाँ धारा निर्माण गर्नुका साथै वडानम्बर ६, १३, २१, १४ र १५ मा धारा मर्मतमा संस्थाले सहयोग गरेको छ । उक्त कार्यका लागि प्रति धारा १५ हजार बढी सहयोग गरिएको छ । 

परियोजना अन्र्तगत १७ वटा माबिलाई ३० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । यसैगरी १० वटा वडाको १० वटा टोल स्तरीय समिति गठन गरिएको छ ।


Author

थप समाचार
x