रुपन्देहीका १६ पालिकामा यी हुन् एमालेका उम्मेदवार
बुटवल - रुपन्देहीमा नेकपा एमालेले १६ वटै पालिकाका प्रमुख उपप्रमुखहरुको टुगो लगाएको छ ।
जस अनुसार बुटवल उप–महानगरपालिका क्रमश अध्यक्ष र उपाध्यक्षामा बाबुराम भट्टराई र सावित्रा अर्याल, देवदह नगरपालिकामा ध्रुवप्रसाद खरेल र बिद्यालक्ष्मी गुरुङ्ग, तिलोत्तमा नगरपालिकाdf मोहन चापागाई र जागेश्वरीदेवी चौधरी, सैनामैना नगरपालिका चित्रवहादुर कार्की र विना राना उम्मेदवारी टुगाे लगाएकाे छ ।
त्यस्तै सतीया गाउँपालिका मन्जितकुमार यादव र निर्मलाकुमारी निषाद,रोहिणी गाउँपालिकामा सनोजकुमार यादव र बसन्ती पाण्डे, सिद्धार्थनगर नगरपालिकामा डा.रामप्रसाद बश्याल र उमा अधिकारी, मायादेवी गाउँपालिकामा लाला लोध र सन्नु चाई रहेका छन् ।
मर्चवारीमाई गाउँपालिकामा कमलेस यादव र बिन्द्रावती गौड, सम्मरीमाई गाउँपालिका मुस्लिम खान र पिंकला लोध, कोटहीमाई गाउँपालिकामा श्यामसुन्दर यादव र मायाँ साहनी उम्मेदवार बनेका छन् ।
त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा रमावती यादव र कल्पना हरिजन, गैडहवा गाउँपालिकामा पशुपति यादव र मन्जु रिजाल कञ्चन गाउँपालिकामा गोकर्णवहादुर क्षेत्री र गोमा तरामु, शुद्धोधन गाउँपालिकामा किशुनचन्द्र चौधरी र शान्तादेवी ज्ञवाली, सियारी गाउँपालिकामा अयोध्या थारु र अमृता गुरुङ्ग रहेकाे एमालेले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया