लुम्बिनी

रुपन्देहीमा कांग्रेसका उम्मेदवारहरुको टुङ्गो लाग्यो

इकागज |
बैशाख १२, २०७९ सोमबार १३:३६ बजे

बुटवल । बुटवलमा नेपाली कांग्रेसबाट खेलराज पाण्डे मेयरको उम्मेदवार बनेका छन् । तेस्रो कार्यकालमा उपमहानगरको सभापति रहेका पाण्डे दोस्रोपटक मेयरको प्रत्यासी बनेका हुन्।

उपमहानगर समितिले केही दिनअघि उनको मात्र नाम सिफारिस गरेको थियो। जसप्रति असन्तुष्टि देखिएको भए पनि उनी मेयरको उम्मेदवार बन्दै एमालेका बाबुराम भटराईसँग भिड्ने भएका हुन् । तिलोत्तमा नगरपालिकाको मेयरमा रामकृष्ण खाँणले प्रतिस्पर्धा गर्ने भएका छन्। उनी पनि अघिल्लो चुनावमा मेयरको प्रत्यासी थिए ।


कांग्रेस रुपन्देहीका जिल्ला सभापतिसमेत रहेका खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । सैनामैना नगरपालिकामा पुरानै प्रत्यासी फणिन्द्र शर्मा दोहोरिएका छन् । उनी पूर्व जिल्ला उपसभापति हुन् । देवदहमा वर्तमान मेयर हिरा केसीले पुनः टिकट पाएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेसले सजरउद्धिन मुसलमानलाई टिकट दिएको छ । त्यस्तै सिदार्थनगर पालिकामा कांग्रेसले ईस्तियाक अहमद खानलाई टिकट दिईएको छ । त्यसैगरि रुपन्देहीको सियारी गाउपालिकामा कांग्रेसका जिल्ला उपसभापति थानेश्वर घिमिरेलाई उमेदवार बनाएको छ । मायादेवी गाउँपालिकामा कांग्रेसवाट धुव्रनारायाण चौधरी उमेदवार बनेका छन् । उनी यस अघि पनि निर्वाचित अध्यक्ष हुन् ।

त्यसैगरी सोही पालिकाको उपाध्यक्षमा तारावेदी यादव ले टिकट पाइृन् । रुपन्देहीको सुद्धोधन गाउँपालिकामा कांग्रेसवाट विष्णु वस्यालले टिकट पाएका छन् । रुपन्देहीकै गैडहवा गाउँपालिकामा कांग्रेसले वसिउल्लह मुसलमानलाई टिकट दिएको छ । उनी क्षेत्रीय सभापति हुन् ।

त्यस्तै कञ्चन गाउपालिकामा कांग्रेसबाट नवराज ढकाल अध्यक्षका उम्मेदवार बनेका छन् । रुपन्देहीको रोहिणी गाउँपालिकामा वैजनाथ साहानी उम्मेदवार छन् भने ओमसतियमा कांग्रेसले नेतृत्व माओवादीलाई छाडेको छ । त्यस्तै समरीमाई गाउपालिकामा विनोद श्रीवास्तव, मर्चवारीमाई गाउपालिकामा ज्ञान प्रकास मिश्रा र कोटहीमाई गाउपालिकाको अध्यक्षमा वलराम यादव अध्यक्षको उमेदवार बनेको कांग्रेस रुपन्देहीका उपसभापती धानेश्वर घिमिरेले बताए । रुपन्देहीका १६ पालिका मध्ये कांग्रेसले १५ पालिकामा आफ्नै नेतृत्वमा चिर्वाचन लडेको छ । अधिकाश पालिकाको उपमेयर र उपाध्यक्ष कांग्रेसले गठबन्धन दललाई छाडेको छ ।


Author

थप समाचार
x