गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजकाे सफल अवतरण
बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको उक्त बिमानस्थलमा पहिलोपटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले करिव ६ वजे अवतरण गरेको हो।
काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्चारकर्मी पर्यटन ब्यवसायी सहित उडान भरेर आएको उक्त विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको थियो। विमानस्थलमा पहिलोपटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी मात्रै होईन यस क्षेत्रका सर्वसाधारण समेत निकै उत्साहित छन्।
सन २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सम्झौता भएकोमा, भुकम्प तथा चिनिया निर्माण कम्पनी र नेपाली सप्लायर्सका बिच बिवाद हुदा लम्विएको थियो।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुरुपले निर्माण गरेको हो। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।
आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। धावनमार्गको लम्वाई ३ हजार मिटर र चौडाई ४५ मिटर मिटर रहेको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्द प्रसाद दाहाल वाईडवडी जहाजले सफल परिक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए। विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्ता देखि संचालनमा आइसकेको छ। पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रुपमा प्रयोग गरिएको छ। अहिले आन्तारिक तर्फबाट उडानहरु नयाँ धावनमार्गबाटै भइरहेका छन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत बैशाख ८ गतेदेखि आन्तरिक रुपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित तथा ब्यवसायीक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ।
कुवेती जहाज कम्पनी जजिरा एयरवेजले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो। उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ। त्यस्तै यस्तै अन्य वायुसेवा कम्पनीहरुले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया