कोभिड-१९ बारे जनचेतना जगाउँदै बि-ग्रुप
नेपालगन्ज : वातावरणीय विशिष्ट समुह (बि-ग्रुप) ले खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ८ मा शनिबार बाल्टिन र साबुन वितरण गरेको छ । बि-ग्रुपले स्थानीय स्तरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
कोभिड-१९ ले पारेको प्रभावलाई कम गर्न र संक्रमणको बेला सावधानी अपनाउन सहयोग गर्ने उद्देश्यले साबुन र बाल्टिन वितरण गरिएको बि-ग्रुपले बताएको छ । आर्थिक अवस्था कमजोर भएमा बिपन्न वर्ग र समस्यामा परेका स्थानीयलाई सहयोग गरेको कार्यक्रम संयोजक प्रकाश शर्माले बताए ।
गाउँपालिकाको वडा नम्बर ४ मा १ सय ८५ जनालाई र ८ नम्बर वडामा १ सय ७७ जनालाई वितरण गरिएको हो । शनिबार वडा नम्बर ८ अध्यक्ष फिरोज खानले स्थानीयलाई सहयोग सामाग्री प्रदान गरे ।
बि-ग्रुपले यसअघि खजुरा गाउँपालिका १, २ र ३ मा कोभिड संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्ने स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । बि-ग्रुपले वडा कार्यालय र गाउँपालिका कार्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।
यसअघि गाउँपालिका र वडा कार्यालयलाई हात धुन प्रयोग गरिने १ हजार लिटर क्षमताको स्टीलको ट्यांकी दुइ, ह्यान्डवास लिक्वीड १ सय ७८, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटरको एउटा अटोमेटिक स्यानिटाइजर मेसिन, ३० लिटरको ६ वटा जर्किन स्यानिटाइजर, २ सय लिटरको ४० जर्किन हाइड्रो क्लोराइड र १६ लिटरको एउटा हाइड्रो क्लोराइड स्प्रे ट्यांकी प्रदान गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया