लुम्बिनी

पैसा बाँडेको आरोप लागेकी मेयर उम्मेदवारकी श्रीमतीको स्पष्टोक्ति : बिरामी भेट्न पुगेको थिएँ

इकागज |
बैशाख २८, २०७९ बुधबार १८:२१ बजे

बुटवल ।  मौन अवधिमा सकुम्बासी बस्तीमा पुगेकी एमालेबाट बुटवलको मेयर पदका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले विरामी भेट्न गएको बताएका छिन् । उनले आफू मतदाता प्रभावित गर्न नभई आफन्त बिरामी भएकाले भेट्न पुगेको बताईन् ।

घटनापछि प्रहरीले सचेत बनाएर छाडे लगत्तै उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो अधिकार हनन् गरिएको आरोप समेत लगाएकी छिन् । उनले स्थानीय कांग्रेसका कार्यकर्ताहरुले बिरामी भेट्न बुटवल ११ टप मजुवामा पुगेको वेला घर घेरा हालेर आफ्नो चरित्र हत्या गर्न खोजेको बताईन् ।


उनले आज दिउँसो ३ बजेको समयमा बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

मतदातालाई प्रलोभनमा पार्न मौन अवधिमा सुकुमबासीका घर घरमा मेयर भट्टराईकी श्रीमती पुगेको स्थानीय लक्ष्मण मल्लले बताए । प्रहरीले घरमा खानतलासीसमेत गरेको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका  अनुसार भट्टराई बसेको घरमा कुनै रकम भने नभेटिएको बताएको छ ।


Author

थप समाचार
x