रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए

सांकेतिक तस्बिर
रोल्पा- रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।
सुर्खेतको बराहताल गाँउपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।
शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया