सुर्खेतको समन्वय समिति प्रमुखमा सुनार विजयी
सुर्खेत– जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज भएको समन्वय समितिको निर्वाचनमा १० मतसहित एमालेका गंगाराम सुनार विजयी भएका छन् भने उपप्रमुखमा सचिनकुमार बडुवाल निर्वाचित भएका छन् । कांग्रेसबाट भने प्रमुखमा दिलीपकुमार वाग्लेले ८ मत प्राप्त गरि पराजित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमटा समन्वय सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । कांग्रेसले प्रमुखमा वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीको उम्मेदवारी दर्ता गरेको थियो ।
२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो । यसपटक एमालेले नेतृत्व पाएको छ । एमालेले प्रमुख र ५ सदस्य पाउँदा माओवादीले उपप्रमुख र २ सदस्य पाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया