पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयो : मुख्यमन्त्री शाही
फाइल तस्बिर
सुर्खेत- प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए ।
अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ।’ नीति तथा कार्यक्रममा भएका कुराहरू नै अबको बजेटको मूल उदेश्य हुने उनले बताए । अब जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया