कर्णालीका उत्कृष्ट उद्यमी पुरस्कृत
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक बर्ष २०७८-७९ मा प्रदेश सबै भन्दा राम्रो काम गर्ने उद्यमीलाई र जिल्ला स्तरीय उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो ।
प्रदेश स्तरमै उत्कृष्ट उद्यमीलाई दुई लाख र सुर्खेत जिल्ला भरी राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगद सहित सम्मान गरिएको हो । आईतबार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा कार्चेनले उत्कृष्ट उद्यमीलाई पुरस्कार वितरण गरेका हुन् ।
सम्मानित हुनेमा प्रदेश स्तरीयमा कुशे गाँउपालिका वडा नम्बर ८ जलजला नेपाली हाते कागज उद्योगका सञ्चालक मान बहादुर थापाले सम्मान पत्र सहित २ लाख नगद प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी जिल्लास्तरीय उद्यमीमध्ये सुर्खेतबाट गोलोवल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्ती कुमारी अधिकारीलाई सम्मान पत्र सहित एक लाख नगद प्रदान गरिएको हो ।
उत्कृष्ट उद्यमी सम्मान कार्यक्रमा बोल्दै मन्त्री लामाले कर्णालीका उद्यमीहरुलाई तालिम सहितको आवश्यक सामान दिने बताएका छन् । जस्ले तालिम लिन्छ उसैले आवश्यक सामान पाउनुपर्ने उनको भनाई छ । आउँदो बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋणको व्यवस्था गरिने लामाको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया