कर्णाली

कर्णाली प्रदेश प्रमुखको कार्यप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

लक्ष्मी भण्डारी |
चैत २१, २०७७ शनिबार १७:४४ बजे

सुर्खेत : नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले गराएको ध्यानकर्षणलाई नेकपा माओवादी केन्द्रको संसदीय दलले संविधानविपरीतको कार्यको संज्ञा दिएको छ । एक पटक जानकारी गराएइसकेको विषयमा पटक–पटक ध्यानकर्षण गरिएकोप्रति माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शनिबार वीरेन्द्रनगरमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रदेश प्रमुखको उक्त कार्य संविधानको मर्म विपरीत भएको प्रमुख सचेतक सीता नेपालीले बताइन् ।  ‘प्रदेश प्रमुखको भुमिका त्यति राम्रो देखिएन । उहाँको भूमिकाप्रति शंका पैदा  भएको छ’ नेपालीले भनिन्, ‘प्रदेश प्रमुखले गरेको कार्य वैधानिक भएन र घरिघरी वक्तव्य जारी गराउने शोभनीय भएन त्यसैले  हाम्रो ध्यानाकर्षण भएको छ ।’ बैठकले दलको विद्यान समेत पास गरेको उनले जानकारी दिइन् । 


‘त्यसैगरी कार्य व्यवस्था परामर्श समितिमा पहिला धर्मराज रेग्मीलाई पठाएका थियौ । उहाँले दलको विपरीत भएर काम गरेपछि कारबाही गरेका छौ’  उनले भनिन्, ‘उक्त समितिमा रातो कामीलाई पठाउने निर्णय गरेका छौ ।’ यसैबीच, प्रमुख सचेतक नेपालीले सरकारलाई एमालेको माधव नेपाल पक्षधर सांसदले समर्थन कायमै राखेकाले कर्णाली सरकार अल्पमतमा नपरेको बताइन् ।
 


Author

थप समाचार
x