विद्युत उत्पादन गृह भत्कियो, तीन जनाको मृत्यु
सुर्खेत- हुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ ।
घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।
प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया