कर्णाली

दैलेखको गुराँस गाउँपालिकामा गोली चल्यो

इकागज |
असार ३१, २०७९ शुक्रबार २०:५१ बजे

सुर्खेत- दैलेखको गुराँस गाउँपालिकामा करार कर्मचारीलाई हटाउन लागिएको भन्दै कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन् । आज प्रदर्शन उग्र बनेपछि नियन्त्रणको लागि प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

प्रदर्शन नियन्त्रणमा लिन दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको दैलेख प्रहरीले जनाएको छ ।


प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि सुर्खेतको वीरेन्द्रनगर ल्याउने तयारी भएको उनले बताए ।


Author

थप समाचार
x