कर्णाली

तस्बिरहरू

प्रदूषणले ढाक्यो कर्णालीको केन्द्र

जितेन्द्र थापा |
चैत २५, २०७७ बुधबार ९:२१ बजे

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वायु प्रदूषण अत्यधिक मात्राले बढेको छ । प्रदूषणकै कारण बुधबार बिहनै सुर्खेत उपत्यकाको आकास धमिलो देखिएको हो । 

वीरेन्द्रनगरमा घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने हावा वहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ । केही दिन यता वीरेन्द्रनगरका केही भू–भागमा र कर्णालीका अन्य ठाउँमा थुप्रै आगलागीका घटनासमेत भइरहेका छन् । 


सुर्खेतका विभिन्न ठाउँमा करिब २५ सय हेक्टरमा आगलागीक भएको छ । आगलागीमा परेर दुई व्यक्तिको ज्यानसमेत गइसकेको छ । प्रदेश वन निर्देशनालयका डिभिजन वन अधिकृत गोविन्द दाहालका अनुसार आगलागीबाट एक जना घाइते भएका छन् । ‘अहिले विभिन्न ठाउँमा आगलागी भएको छ, केही ठाउँको आगो नियन्त्रणमा आए पनि अन्य ठाउँको आगो नियन्त्रणको लागि काम भइरहेको छ’, उनले भने । 

हेर्नुस् तस्बिरहरू :


Author

थप समाचार
x