पश्चिम सुर्खेतको बड्डीचौर-विद्यापुर सडक कालोपत्रे गरिँदै
सुर्खेत- ट्र्याक खोलिएको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर-विद्यापुर सडक कालोपत्रेको काम सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत बड्डीचौरदेखि कालोपत्रेको काम सुरु गर्नका लागि आज शिलान्यास गरिएको छ ।
कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बड्डीचौरमा सडक कालोपत्रेका लागि शिलान्यास गरेका हुन् । उक्त सडकको शिलान्यास गर्दै मन्त्री बुढाक्षेत्रीले वर्षौदेखि कच्ची सडकमा खाल्डाे बन्दा आवतजावतमा समस्या भोग्दै आएका नागरिकहरुलाई राहत हुने बताए ।
‘स्थायी नेकपाको सरकारले काम गर्न सकेन, डीपीआरको बेला तामझमका साथ शिलान्यास गर्यो । निर्माणका लागि चासो देखाएन,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘गठबन्धनको सरकारले पश्चिमका नागरिकहरुलाई सहज आवतजावतका लागि सडक कालोपत्रे गर्न प्रदेशबाट बजेट विनियोजन गरेर कामको शुभराम्भ गरेका छौं ।’
मन्त्री बुढाक्षेत्रीका अनुसार सडक निर्माणका क्रममा निर्माण व्यवसायीलाई साथ दिएर समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो ।
पहिलो चरणमा बड्डीचौर-खम्बगाडे सडक कालोपत्रे गरिनेछ । त्यसका लागि ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जेभीसँग असार १४ गते सम्झौता गरेको हो । आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नु पर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया