कर्णाली

विवेकशील साझा पार्टीका कर्णाली संयोजक एमालेमा प्रवेश

इकागज |
साउन ७, २०७९ शनिबार १८:३८ बजे

सुर्खेत- विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमालेमा प्रवेश गरेका छन् । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच दाहाल एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका महासचिव शंकर पोखरेलले दाहाललाई फूलमाला र खादा ओढाएर सम्मान गरेका छन् ।


एमालेमा प्रवेश गरेका दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली, समृद्ध नेपालको नारा साकार हुने बताउँदै त्यसतर्फ अग्रसर हुनुपर्ने बताएका छन् । उनले बलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनुपर्ने बताउँदै पार्टीमा सशक्त ढंगले अघि बढ्ने संकल्प समेत गरे ।

उनले विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने कुरा होस् या संवैधानिक राजतन्त्रसम्मका कुरा हुन् सधैं एमाले अग्र भागमा रहेको कुरा स्मरण गर्दै जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्ने संकल्पका साथ आफूसहित कर्णालीका दश जिल्लाका नेता/कार्यकर्ता एमालेमा होमिएको बताए । 


 


Author

थप समाचार
x