कर्णाली

कर्णालीमा मन्त्री फेर्न माओवादी संसदीय दलको बैठक जारी

इकागज |
साउन २३, २०७९ सोमबार १६:२७ बजे

सुर्खेत- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको बैठक जारी रहेको छ । केही बेरअघिदेखि सुरु गरिएको बैठक दलका नेता महेन्द्रबहादुर शाही अध्यक्षतामा बसिरहेको छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय  छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएलगत्तै अहिले नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु भएको हो ।


माओवादीकाे भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो । संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा आजबाट बिदा हुन लागेका छन् । रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई मन्त्री बनाउने अन्तिम तयारी रहेको प्रमुख सचेतक शाहले बताइन् ।


Author

थप समाचार
x