कर्णाली

मन्त्री शाहीद्वारा शपथ ग्रहण

इकागज |
साउन २९, २०७९ आइतबार १२:२२ बजे

सुर्खेत - कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन् । 

शाहीलाई गत बिहीबार मन्त्री नियुक्त गरिएको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराउका हुन् ।  


यसअघि २०७८ माघ २३ गते उद्योग मन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो । 

बिहिवार मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्त गरेपछि उनलाई  भोलिपल्ट शुक्रकबार नै शपथ खुवाउने तालिका बनाइएको थियो । तर उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि उक्त शपथ तालिका रोकिएको थियो । तर, आज अदालतको ध्यानाकर्षणको बेवास्ता गर्दै मन्त्रीलाई शपथग्रहण गराइएके थियो । 

अघिल्लो पटक माघमा पूर्णता पाएको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो ।


Author

थप समाचार
x