कर्णाली

कर्णाली एमालेबाट हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ महिला अनिवार्य

इकागज |
भदौ २१, २०७९ मंगलबार १३:५२ बजे

एमाले दैलेखको उम्मेदवार सिफरिस बैठकपछि महिला नेतृहरु

सुर्खेत । आगामी  मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेको कर्णाली प्रदेशका सबै जिल्लाले उम्मेदवार सिफारिस गरेका छन् । प्रदेशका १० जिल्लाबाटै उम्मेदवारको नामावली आएको र प्रदेश कमिटीमा छलफल गरि केन्द्रीय कमिटीमा पठाउने तयारी गरिएको एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । 

‘हाम्रो सबै जिल्लाबाट नामावलीको सिफारिस आएको छ यसलाई प्रदेश कमिटीको बैठक बसेर टुंगो लगाउँछौ र केन्द्रमा पठाउँछौ’ शाहले भने, ‘त्यसपछि सबै जिल्लाको उम्मेदवारको टुंगो लाग्छ ।’


एउटा निर्वाचन क्षेत्रबाट एकदेखि पाँच, सात जनासम्मको नामहरु सिफारिस भएर आएको उनले बताए । ‘हामीले उम्मेदवारको टुंगो सकेसम्म सर्वसम्मत रुपमा गर्न खोजेका छौ’ अध्यक्ष शाहले भने, ‘सर्वसम्मत सहमतिबाट उम्मेदवारको टुंगो नलागेका निर्वाचन क्षेत्रबाट एक भन्दा बढीको नाम सिफारिस भएको छ ।’ 

अध्यक्ष शाहका अनुसार निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई अनिवार्य सहभागिता गराउने गरि अघि बढेको बताए । ‘प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक जना महिला प्रत्यक्षमा सहभागिता गराउने गरि अघि बढेका छौ’ उनले भने ।

 


Author

थप समाचार
x