गाईपालनमा रमाएका माधव
सुर्खेत : नेपालमै बसेर विदेशमा गर्ने दुःख नेपालमै गरे सफलता पाइन्छ भन्ने गतिला उदाहरण बनेका छन् सुर्खेतका माधव बस्नेत । २०७२ सालबाट गाईपालन व्यवसायमा लागेका उनले गाइपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
लामो समयसम्म गाडी व्यवसाय गर्दै आएका बस्नेतले गाडि लाइन छोडेर गाइपालन व्यवसायमा राम्रो आम्दानी देखेपछि गाइपालन व्यवसाय अंगालेका हुन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ इत्राममा २०७२ बाट राधाकृष्ण गाई तथा कृषि फर्म दर्ता गरेर गाइपालनमा होमिएका उनले अहिले दुध बेचेरै मासिक ३० देखि ४० हजार आम्दानी गर्दै आएका छन् । बार्षिक रुपमा डेढदेखि तीन लाखसम्म आम्दानी हुने उनको दाबी छ ।
बस्नेतले अहिले १ कठ्ठा १२ धुरमा सातवटा गाइ पालेर गाइपालन व्यवसाय १० कठ्ठा जमिनमा गाइको लागि घाँस लगाएर व्यवसायमा जमेका छन् । सुरुमा एउटा गाई पालेका बस्नेतले गाइको दुध बजारमा अत्यधिक माग भएपछि ऋण झिकेरै भए पनि पाँच वटा गाई अरु थपेको उनले बताए ।
एउटा गाईले पाँचदेखि ६ लिटर र चार वटा गाईले २५ देखि २८ लिटर प्रति छाकमा दुध दिने उनको भनाई छ । खडेरीका कारण गाइले भने जति दुध नदिएको उनको गुनासो छ । सुर्खेत अझै पनि दूध उत्पादनमा परनिर्भर नै छ । दुधमा सुर्खेतलाई केही हदसम्म भए पनि आत्मनिर्भर बनाउनमा आफूहरूले थोरै भए पनि योगदान गरेको उनको बुझाई छ ।
बस्नेतले दश कठ्ठामा घाँस खेती गरेका छन् । 'घाँसबाट समेत आम्दानी हुन्छ । गाइको गँहुत र मलबाट पनि वार्षिक ३० देखि ३५ हजारसम्म हुन्थ्यो' उनले भने 'पछिल्लो समय गँहुत मात्र पाँचदेखि दश रुपैयाँ एक लिटरमा बेच्छु । मल आफैले तरकारीमा उपयोग गर्छु ।'
त्यस्तै बस्नेतले गाइपालन व्यवसाय मात्र नभइ व्यवसायको सर्पोटको लागि कुखुरा र बटाई पालनसमेत गरेका छन् । अहिले उनको फर्ममा १ सय २० लोकल कुखुराको चल्ला र नौवटा माउ रहेका छन् । 'अण्डा निकाल्ने बेला भइसक्यो' उनले भने ‘एक लटमा ३०/४० वटा बटाई, कुखुरा गरेर उत्पादन भयो अहिले राम्रै भएको छ गाइपालनमा पनि सर्पोट छ ।'
किसानका लागि सरकारले अनुदान दिने भने पनि बास्तविक किसान कमैले पाउने गरेको किसानहरुको गुनासो छ । ‘कर्णालीमा गाईपालन व्यवसायको लागि निकै सम्भावना भएता पनि किसान आर्कर्षितको लागि कुनै कार्यक्रम नभएकोले ऋण नपाउँदा किसानको भएको जाँगर पनि बिलाएर जान्छ' उनले भने । ‘आफुले व्यवसाय गर्न लागेको सात वर्ष पुग्नै आट्यो,’ उनले भने,‘म सरकारको दैलोमै बसेर गाइपालन व्यवसाय गरेको छु तर पनि मैले अनुदान पाएको छैन्,‘उल्टै अनुदानको लागि प्रपोजल पेश गर्दा ८०/९० हजार खर्च भयो ।’
'प्रदेशबाट जिल्लामै पठाउँछौ जिल्लाबाट नै वितरण हुने हो । वितरण गर्दा त्यसो नहुनुपर्ने हो' भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका कृषि प्रसार अधिकृत धन बहादुर कठायतले भने ‘कोहि पढे/लेखेका हुन्छन् कोही हुँदैनन् जो बास्तविक किसान हो उसैले पाउनुपर्छ कोहि किसान घुस पैठ भएका हुन्छन् पहिचान गरेर तिनलाई कार्वाही गर्न आवश्यक छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया