कर्णाली

कर्णाली कांग्रेसबाट सिफारिस नामावली केन्द्रमा पठाउने तयारी

इकागज |
भदौ २३, २०७९ बिहीबार १४:० बजे

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति बैठकले कर्णालीका १० जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारका नाम केन्द्रमा पठाउने तयारी गरेको छ । प्रदेश समितिको बसेको बैठकले जिल्लाहरुबाट आएका नामावलीहरु केन्द्रमा पठाउने निर्णय गरेसँगै त्यसको तयारी थालिएको हो । 

कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १० वटै जिल्लाबाट सिफारिस भएर आएका प्रत्यक्ष र समानुपातिकतर्फका नामलाई केन्द्रमा पठाउने निर्णय बैठकले गरेको जानकारी दिए ।


सबै जिल्लाबाट सिफारिस भई आएका नामावलीहरु एकै ठाउँ संकलन गरि पठाउन लागिएको प्रवक्ता शाहीले बताए । ‘१० वटै जिल्लाबाट नामावलीहरुलाई कम्प्युटरमा टाइप गरेर पठाउँछौ’ प्रवत्ता शाहीले भने, ‘हामीले कम्प्युटरमा राख्दै छौ अब यसलाई एकै ठाउँ बनाएर केन्द्रमा पठाउँछौ ।’ 

सबैभन्दा बढी सुर्खेत र दैलेखबाट नामावलीहरु आएको र सबैभन्दा कम हुम्ला र डोल्पाबाट रहेको उनले बताए । नामावली सिफारिस गर्ने क्रममा महिलाहरु प्रत्यक्षमा जान तयार नरहेको शाहीले बताए । ‘महिलाहरु प्रायजसो समानुपातिकमै रोज्नुहुन्छ, प्रत्यक्षतर्फ प्रदेशभर २, ३ जना मात्र हुनुहुन्छ होला ।’ 

केन्द्रले गठबन्धनका दलबीच सहमति गरेर जाने निर्णय गरिसकेको हुँदा कर्णालीमा पनि त्यही निर्णयका आधारमा नेता कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएको प्रवक्ता शाहीले जानकारी दिए ।


 


Author

थप समाचार
x