कर्णाली

वीरेन्द्रनगरमा बेवारिसे शव फेला

इकागज |
बैशाख २, २०७८ बिहिवार १४:५३ बजे

वैशाख : सुर्खेतको वीरेन्द्रनगरमा बिहीवार बिहान बेवारिसे शव भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा बेवारिसे शव फेला परेको हो । चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउनेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । उक्त शवको पोष्टमार्टमको लागि प्रदेश अस्पताल पठाउने तयारी भएको रायमाझीले बताए । 
 



Author

थप समाचार
x