कर्णाली

'फ्लोर क्रस' गर्ने कर्णालीका चार सांसदलाई कारबाहीको सिफारिस

लक्ष्मी भण्डारी |
बैशाख ३, २०७८ शुक्रबार १९:५६ बजे

सुर्खेत : नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्‍याएका सांसदलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । ‘चारजना सांसदहरुलाई दलीय व्यवस्था र ऐन अनुसार गर्न मिल्ने कारबाही गरिएको छ ।’ उनले भने ।


कर्णालीमा शुक्रबार यी चार सांसदले मुख्यमन्त्रीको पक्षमा मदतान गरी फ्लोर क्रस गरेका थिए । ज्वाला यसअघि आर्थिक मामिला तथा योजना मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए । एमाले संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उनीहरूले शाही नेतृत्वको सरकारबाट राजीनामा दिएका थिए ।


Author

थप समाचार
x