Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

विपद्का कारण कक्षा १२ का २७ विद्यार्थीको परीक्षा केन्द्र जुम्लामा कायम

इकागज |
असोज २९, २०७९ शनिबार २०:१० बजे

जुम्ला- बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को परीक्षा केन्द्र जुम्ला कायम गरिएको छ ।

जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षार्थीको परीक्षा जुम्ला प्रशासनको पहलमा जुम्लामा कायम गरिएको हो । हवाइ जहाजले नियमित उडान नभर्ने र सडक अवरुद्ध भएपछि २७ जना विद्यार्थी परीक्षा केन्द्रमा पुग्न नसकेका हुन् । 


त्यस्तै कक्षा १२ का २७ जना परीक्षार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयको स्वीकृतिमा केन्द्र जुम्ला नै बनाई परीक्षा दिने व्यवस्था मिलाइएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविष्य अन्योलमा नहोस् भन्दै प्रशासनले पहल गरेको हो ।

यसका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । सोही अनुसार विपतको समयमा नियन्त्रण कार्यालयले जुम्लामा स्वीकृति दिएको बताइन् । उनीहरूको परीक्षा चन्दननाथ नमुना विद्यालयमा हुनेछ । 

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीले कठिन परिस्थितिमा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको तथा पत्र समेत पठाइएको बताए  । 

परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा २०६ जनाको नाम लिष्ट गरिएको थियो । जसमा लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामी सहितका अन्य विद्यार्थीलाई पठाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ । 


Author

थप समाचार
x