Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

कर्णालीमा बाढीपहिरो : ३७ को मृत्यु, १९ अझै बेपत्ता

इकागज |
असोज ३०, २०७९ आइतबार १५:२० बजे

सुर्खेत । अघिल्लो साता कर्णालीमा आएको बाढीपहिरोमा परि ३७ जना कर्णालीवासीले ज्यान गुमाएका छन् भने १९ जना अझै बेपत्ता छन् । दशैंको दिनदेखि  लगातार एक सातासम्म आएको वर्षाका कारण प्रदेशका सबै जिल्लाहरुमा बाढी पहिरोले गर्दा हजारौ नागरिकहरु विस्थापित भएका छन् । बाढी पहिरोका कारण २८ जना घाइते भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । 

बाढीका कारण मृत्यु हुनेहरुमा सबैभन्दा धेरै जुम्लामा देखिन्छ । जुम्लामा बाढी पहिरोका कारण १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।


कालिकोटमा सात जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । यसैगरी जाजरकोटमा तीन जना, सल्यानमा तीन जना, कालिकोटमा ६ जना, मुगुमा आठ जना, हुम्लामा चार जना र डोल्पा र दैलेखमा एक÷एक जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

प्रदेशभर  सात सय ७६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार एक हजार सात सय २१ घरपरिवारका १० हजार सात सय १९ जना विस्थापित भएका छन् । बाढीपहिरोले क्षति पु¥याएका क्षेत्रमा प्रहरीले दुई हजार बढी सुरक्षाकर्मी खटाएको छ । भौगोलिक कठिनाईका कारण प्रहरीलाई तथ्यांक संकलनका लागि समेत समस्या परेको उनले बताए  । 


Author

थप समाचार
x