Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

कर्णाली

निर्वाचनकाे १५ दिनअघि र मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १५:२३ बजे

जुम्ला- प्रतिनिधि र प्रदेश सभा निर्वाचनकाे केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा राेक लगाइएकाे छ ।

निर्वाचन आचारसंहिताकाे विषयका बारे छलफल गर्न बसेकाे सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक लगाउने निर्णय गरेकाे हाे । 


शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक्ने लगाउने  निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । 

यस्तै, चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासमा आमसभा, नारा जुलुस, भिडभाड नगर्ने नगराउने लगायत विषयमा निर्णय भएकाे छ ।

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद गौतमको उपस्थितिमा बसेको बैठकले निर्वाचनमा समन्वय सहकार्य गर्नेदेखि विभिन्न निर्णय गरेको छ । बैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताको विषयमा जानकारी दिए  ।

यसैगरी १८ कात्तिकदेखि १ मंसिरसम्म प्रचार प्रसार र विभिन्न कार्यक्रम गर्न पाइने निर्वाचन आयोगको निर्देशन रहेकाे निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ । त्यस अवधिमा आमसभा, कोणसभा, जुलुस गर्न पाए पनि १ मंसिरपछि गर्न पाइने छैन । यसैगरी २५ भन्दा बढी मानिस भेला हुन नपाउने आचारसंहितादेखि  मतदान केन्द्र, कर्मचारी खटनपटनको विषयमा छलफल भएको थियो ।


Author

थप समाचार
x