कर्णाली

‘कोभिड अस्पताल’ बन्दै स्वास्थ्य चौकी

लक्ष्मी भण्डारी |
बैशाख ९, २०७८ बिहीबार १५:१७ बजे

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोभिड–१९ माहामारी सुरु भएसँगै अस्पताल बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने तयारी गरेको हो । 

बुधबार बसेको नगरस्तरिय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितीको बैठकले कटकुवा स्वास्थ्य चौकीलाई एक सय शैयाको ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ । कोभिडको दोस्रो लहर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा संक्रमणको जोखिम बढेकाले पूर्वतयारी स्वरुप ‘कोभिड अस्पताल’ बनाउँन लागिएको वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । 


कर्णालीको प्रवेशद्धारको रुपमा रहेको वीरेन्द्रनगरमा कोभिडको जोखिम बढी छ । उपप्रमुख ढकालका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल एक सय  शैयाको आइसोलेसन अस्पताल निर्माण गरिनेछ । नगरपालिकाले वडास्तरिय कोभिड संकट समितिलाई समेत सक्रिय बनाई वडा तहमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने बताएको छ । 


Author

थप समाचार
x