कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान कडा सुरक्षाबीच पुन:सुचारु
सुर्खेत- सुर्खेतका दुई पालिकाका मतदान केन्द्रमा स्थानीय कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान अहिले पुन:सुचारु गरिएको छ ।
राजनीतिक दलका नेताहरूबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । गुर्भाकोट नगर पालिका–११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र र सिम्ता गाउँपालिका–९ डाँडा खानीमा दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको थियो ।
ती मतदान केन्द्रमा अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया