Ekagaj Logo
२९ कात्तिक २०८१, बिहीबार
(Thursday, 14 November, 2024)

कर्णाली

प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि नेताकै आफन्त

माओवादीले समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य छानेका सबै नेताका श्रीमती

इकागज |
पुस १, २०७९ शुक्रबार ८:१९ बजे

सुर्खेत - नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सबै नेताका आफन्त छन् । जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक प्रदेशसभा सदस्य बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् ।

माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक नेकपा ( माओवादी केन्द्र) केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् । यस्तै, पार्टीको कालिकोट संयोजक रहेका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा सदस्य बनेकी छन् । मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुन् भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन् । चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन् ।


माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि कर्णालीका नेताकै आफन्त छन् । उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ्ग) सामानुपातिक सांसद भएका छन् । समानुपातिक सूचीमा रहेकी जाजरकोटकी पार्वती विकलाई समानुपातिकबाट हटाएर ज्ञानुलाई समावेश गरिएको चर्चा छ । 

प्रतिनिधिसभामामा समानुपातिकमा रिफारिस भएकी सुर्खेतकी हरिमाया शर्माले पनि सांसद बन्न नपाएपछि असन्तुष्टि जनाएकी छन् । प्रदेशसभा तर्फ जाजरकोट  खाली भएको छ ।

जहाँबाट पनि आफू सुरक्षित भए पुग्ने अवस्था आएपछि शक्ति बस्नेतले जाजरकोटको पार्टी भन्दा कांग्रेसलाई प्यारो मानेको चर्चा चुलिदै गएको छ । जिल्लाका नेता कार्यक्रतालाई कहिले पनि संरक्षण नगर्ने तर ठूला नेताका सिफारिस कार्यान्वन गर्ने शक्ति बस्नेतको तरिकाले जाजरकोटमा माओवादी कम्जोर हुँदै गएको छ ।

शक्ति प्रति जाजरकोट माओवादी निकट अधिकांश नेता कार्यक्रता रुष्ट बनेका छन् । त्यस्तै बिहीबार नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशले केन्द्रमा पठाएको पत्र समेत केही सिमित व्यक्ति बसेर तयार गरी पठाएको आरोप लागेको छ ।

प्रदेश अध्यक्ष विमला केसीले एक्लै पत्र तयार गरी कर्णाली प्रदेशको बैठकको निर्णय भनि झुटको खेती गरेको अन्य केन्द्रीय सदस्य तथा प्रदेश समितिका सदस्यले आरोप लगाएका छन् ।
 


Author

थप समाचार
x