कर्णाली

कर्णालीमा दलको नेताका लागि काँग्रेसका दुई नेताको दाबी

इकागज |
पुस ४, २०७९ सोमबार १८:१० बजे

सुर्खेत- कर्णाली प्रदेश सभाका सदस्य राजीवविक्रम शाहले दलको नेतामा दाबी गरेका छन् । कर्णालीमा सरकार गठनको प्रक्रिया अघि बढेसँगै नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्यमा विजयी भएका शाहले सामाजिक सञ्जालमार्फत दलको नेतामा दाबी गरेका हुन् ।

कर्णालीमा सरकार गठनको प्रक्रिया सुरु हुँदै गर्दा दल नेताका लागि चर्चा सुरु भएको छ । १४ सिटसहित पहिलो दल बनेको नेपाली काँग्रेसमा संस्थापन पक्षकै दुई जनाले संसदीय दलको नेताका लागि दाबी गरेका छन् ।


त्यसैगरी काँग्रेसकै अर्का नेता जीवनबहादुर शाही पनि दलको नेतामा दाबी गर्दै आएका छन् ।

मुख्यमन्त्रीकै निरन्तरताका लागि हाल प्रदेशका मुख्यमन्त्री शाही प्रदेश सभाको चुनाव लडेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय नेताहरूको सल्लाहअनुसार आफू नै मुख्यमन्त्रीमा निरन्तर हुनेगरी प्रदेशमा झरेको उनले बताए । मुख्यमन्त्री शाहीलाई नै प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै आफूलाई दलको नेतामा सहयोग गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'मलाई कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सहयोग र समर्थन गर्नुहुनेछ भन्ने आशासहित, जय नेपाल ।'


Author

थप समाचार
x