कर्णाली

‘फ्लोर क्रस’ गर्ने तीन मन्त्रीले आज पुनः शपथ लिदैं

इकागज |
बैशाख १५, २०७८ बुधबार १२:४५ बजे

बैशाख पाँच गते शपथ खाँदै तीन मन्त्री

सुर्खेत :  कर्णाली प्रदेशमा‘फ्लोर क्रस’गरेर मुख्‍यमन्‍त्री महेन्‍द्रबहादुर शाहीलाई विश्‍वासको मत दिएका कर्णालीका तीन मन्त्रीको आज पुनः शपथ हुँदैछ । मुख्यमन्त्री शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ आज दिउँसो हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । फ्लोर क्रस गरेको भन्दै एमाले संसदीय दल कर्णाली प्रदेशले सांसद पदबाट पदमुक्त गरेपछि पुनः शपथ खुवाइने 
भएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाहीले आज पुन शपथ लिने भएका हुन् ।  तीनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बैशाख पाँच गते शपथ खुवाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसदमध्ये तीन जनालाई बैशाख चार गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए । 


यसअघि एमाले सांसदको हैसियतमा शपथ खाएको प्रदेश प्रमुख गोविन्द कलौनीका प्रेस सल्लाहकार दिपेन्द्र वलीले जानकारी दिए । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका छन् ।


Author

थप समाचार
x