कर्णाली

कांग्रेस कर्णालीको संसदीय दलको नेता छानिँदै, आज उम्मेदवारी दर्ता

इकागज |
पुस ८, २०७९ शुक्रबार १२:३४ बजे

सुर्खेत - कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता भोलि (शनिबार) छानिने भएको छ । प्रदेश कार्य समितिको बैठकले  शनिबार संसदीय दलको नेता छान्ने निर्णय गरेको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले  सार्वजनिक गरेको कार्यसूची अनुसार बिहीबार दलको नेता चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायाका अनुसार शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । यसका लागि शुक्रबार दिउँसो साढे ३ बजेसम्म दलको नेताका लागि उम्मेदवारी दिने समय तोकिएको छ । 


यस्तै बेलुका पाँच बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैगरी बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

कर्णाली प्रदेश सभामा दलको नेताका लागि मनोनयन दर्ता गर्न २५ हजार रूपैयाँ शुल्क तोकिएको छ । नेपाली कांग्रेसभित्र कर्णाली प्रदेश सभाको दल नेताका लागि दुई जना मुख्य उम्मेदवार देखिएका छन् ।

हाल प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र  जाजरकोटका राजीवविक्रम शाह संसदीय दलको नेताका प्रमुख दाबेदार हुन् । दाबेदार दुवैजना सांसद कांग्रेसको संस्थापन पक्षका हुन् ।


Author

थप समाचार
x