कर्णाली

'फ्लोर क्रस' गरेर मन्‍त्री बनेका तीन जनाले लिए पुनः शपथ

इकागज |
बैशाख १५, २०७८ बुधबार १५:१७ बजे

सुर्खेत : कर्णालीमा 'फ्लोर क्रस' मुख्‍मन्‍त्री महेन्‍द्रबहादुर शाहीलाई विश्‍वासको मत दिएका तीन मन्त्रीले  आज पुनः शपथ लिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाहीले आज पुन शपथ लिएका हुन् ।

फ्लोर क्रस गरेको भन्दै पार्टीले निष्कासन गरेपछि उनीहरूलाई स्वतन्त्रको हैसियतमा शपथ गराइएको हो । बुधबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ गराए । यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरेको थियो ।


यस अघि तिनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बैशाख पाँच गते शपथ खुवाएका थिए । सपथ ग्रहणसँगै मन्त्रीले मन्त्रालयको कार्यभार सम्हालेका थिए । अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसद मध्ये तीन जनालाई बैशाख चार गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए । 

यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएको प्रदेश प्रमुख गोविन्द कलौनीका प्रेस सल्लाहकार दिपेन्द्र वलीले जानकारी दिए । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका छन् ।


 


Author

थप समाचार
x