कर्णाली

कर्णालीका जेष्ठ सांसदले लिए शपथ

इकागज |
पुस ११, २०७९ सोमबार १३:५५ बजे

सुर्खेत- कर्णाली प्रदेशका नवनिर्वाचित सांसद विनोद कुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  शाहलाई प्रदेश प्रमुख तिलक परियारले आज बिहान साढे ११ बजे शपथ खुवाएका हुन् ।

शाह प्रदेश सभा सदयहरूमध्ये ज्येष्ठ सदस्य हुन् ।  ज्येष्ठ सदस्यको हैसियतमा शाहलाई प्रदेश प्रमुखले शपथ खुवाएका हुन् । शाह दैलेख–२ प्रदेश सभा ख बाट निर्वाचित भएका हुन्।


 शाहले अरु ३९ संसदलाई  दिउँसो तीन बजे शपथ खुवाउने कार्यक्रम तय गरिएको छ । ६६ वर्षीय शाह कर्णाली प्रदेशका ४० जना सदस्यमध्ये ज्येष्ठ सदस्य हुन् । उनी नेकपा एमालेको तर्फबाट दैलेख २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

उनी नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत हुन् ।


Author

थप समाचार
x