कर्णाली

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

इकागज |
पुस २७, २०७९ बुधबार १८:१० बजे

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यहाँ बहुमतका लागि २१ सिट आवश्यक पर्छ । शर्मा २५ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । 


एमाले र माओवादीको आलोपालो मुख्यमन्त्री हुने सहमति अनुसार शर्मा पहिलो साढे दुई वर्षका लागि नियुक्त भए ।

शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक जना सदस्यले समर्थन गरेका हुन् ।
 


Author

थप समाचार
x