कर्णाली

राष्ट्रिय शोकमा कर्णाली प्रदेश सभाको बैठक स्थगित

इकागज |
माघ २, २०७९ सोमबार १४:५१ बजे

कर्णाली- राष्ट्रिय शोकका कारण कर्णाली प्रदेश सभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ ।

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो । काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलाइन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो ।


दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका आज बिदा दिएसँगै प्रदेश सभाले आज बस्ने भनेको बैठक स्थगित गरेको हो । विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेश भसाको आजको बैठक स्थगित गरिएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए ।

उनका अनुसार प्रदेश सभाको उक्त बैठक कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम भोलि माघ ३ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी सूचना प्रकाशित गरिएको छ ।


Author

थप समाचार
x