कर्णालीमा मन्त्रालयको भागबण्डाको कुरा मिल्यो
सुर्खेत- कर्णाली प्रदेशमा सत्ता साझेदारी दलबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डाको सहमति भएको हो । आज बसेको गठबन्धनको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल गरेको थियो । जसअनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ । ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।
यसअघि ३/३ मन्त्रालय लिने सहमति भए पनि कुन मन्त्रालय कुन दलले लिने भन्ने बारेमा कुरा मिलेको थिएन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया