कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं– कर्णालीका नवनियुक्त पदतथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले चार मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री बनेका थिए । त्यस्तै नेकपा एमालेका तर्फबाटसामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए । उनीहरुले आजै शपथ लिएका हुन् ।
मुख्यमन्त्री राजकुमार शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया