कर्णाली

कर्णालीका १० जिल्ला अस्पताललाई १० करोड

इकागज |
बैशाख २०, २०७८ सोमबार १३:३५ बजे

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक-एक करोड रुपैयाँ बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक  जिल्लामा एक/एक रुपैयाँ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न तत्काल बजेट पठाइने निर्णय गरेको जानकारी दिए । त्यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा पनि रु एक/एक करोड बजेट पठाइने प्रवक्ता केसीले बताए । उनका अनुसार मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख रुपैयाँ पठाइनेछ । 


दो


Author

थप समाचार
x