कर्णाली

कर्णालीमा ट्राफिक सूचनाका लागि टोल फ्रि नम्बर

इकागज |
माघ २४, २०७९ मंगलबार १४:५७ बजे

फाइल तस्बिर

सुर्खेत- कर्णालीमा ट्राफिक नियमसँग सम्बन्धित विषयहरू जानकारी लिन टोल फ्रि नम्बर सुरु गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले प्रदेशका १० वटा जिल्लामा उक्त नम्बरकाे सुरुवात गरेको छ । प्रदेशभर  एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना लिन/दिनका लागि टोल फ्रि नम्बर सुचारु गरिएको हो ।


ट्राफिक टोल फ्रि नम्बर एक सय तीन सुचारु गरिएको छ । यो नम्बरबाट सर्वसाधारणहरूले ट्राफिक सम्बन्धी सूचना, सडक अवरुद्ध, ट्राफिक जाम, वैकल्पिक रुट प्रयोगको सूचना लगायतका ट्राफिक अपडेट सम्बन्धी जानकारी लिन सक्ने छन् ।

त्यसैगरी तत्कालीन घटना तथा दुर्घटना र समस्याहरूका बारेमा जानकारी दिने समेत कार्य गर्नका लागि उक्त टोल फ्रि नम्बरको प्रयोग गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।

यस्ता घटनाहरूको जानकारी लिन र दिनका लागि आफ्नो आवश्यकता अनुसार टोल फ्रि नम्बर प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।

सुरक्षित आवागमन एवं ट्राफिक व्यवस्थापनका लागि प्रयोगमा टोल फ्रि नम्बर चौविस घण्टा निःशुल्क रूपमा खुला रहने कार्यालयका प्रमुख (एसपी) प्रज्वल महर्जनले जानकारी दिए । टोल फ्रि नम्बरले सर्वसाधारणहरूलाई ट्राफिक सूचनादेखि दुर्घटनाका बारेमा सूचना लिने/दिने कार्य हुनुका साथै सबै पहुँच ट्राफिकसँग सिधा हुने महर्जनले बताए ।


Author

थप समाचार
x