कर्णाली

कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा

इकागज |
फागुन १७, २०७९ बुधबार १६:२५ बजे

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेशमा पनि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । गएको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा त्यसको प्रभाव परेको हो । 

केन्द्रीय समिकरणमा आएको फेरबदलका कारण कर्णालीमा राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सदस्य सन्तोषी शाहीले जानकारी दिइन् ।


 ‘केन्द्रका अनुसार यहाँ समर्थन फिर्ता  लिने निर्णय गरेका छौ’ प्रदेश सभा सदस्य शाहीले इकागजसँग भनिन्, ‘अब भोली बिहान १० बजे प्रदेश प्रमुखसमक्ष लिखित रुपमै बुझाउने कार्यक्रम रहेको छ ।’ यस विषयमा आज सचिवालयमा छलफल भएको शाहीले बताइन् । ४० सदस्यीय प्रदेशसभामा राप्रपाबाट एक सिट प्रतिनिधित्व गरेको छ ।


Author

थप समाचार
x